ट्रयाक्टरको दुर्घटना बाट एक जनाको मृत्यु

रुकुम । मंसिर १७, रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ३ बजे रा १ प ४४१२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालक गोपाल विकको घटनास्थलमै मृत्यु भएको हो ।
उनकी श्रीमती सपना विक घाइते भएकी छन् ।आठबीसकोट नगरपालिका–७, दाजेबाट वडा नं ९ राडी झर्दै गरेको ट्रयाक्टर ओलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस