संसार इन्टरनेट विहीन हुँदो हो त कस्तो होला ?

काठमाडौं । मंसिर १७, पूर्वीय सभ्यताभित्र आजभन्दा करिब पाँच हजार वर्ष पूर्वको महाभारतकालीन इतिहास हेर्ने हो भने इन्टरनेट त्यतिबेला नै थियो भन्न सकिने प्रशस्त आधार देखिन्छन्।
आज हामीले प्रयोग गरिरहेको इन्टरनेट र कुरु क्षेत्रमा पाण्डव र कौरव बीच भएको युद्धमा सञ्जयलाई प्राप्त भएको दिव्यदृष्टिमा कुनै न कुनै सामाञ्जस्यता पक्कै छ।
समयको पछिल्लो खण्डमा मानव जीवनको हरेक क्षेत्रमा देखिएको होडबाजी र प्रतिस्पर्धा जसरी उच्च गतिमा अगाडि बढिरहेको छ, ठिक त्यसकै समानान्तर गतिमा विश्वभर इन्टरनेट प्रयोगकर्ताहरू पनि बढिरहेका छन्।
सन् २०२१ को अक्टोबरको तथ्यांक हेर्दा करिब ६० प्रतिशत विश्व जनसंख्याले इन्टरनेटको प्रयोग गरेको देखिन्छ। यस्तै नेपालमा पनि सन् २०२१ को मध्यसम्ममा करिब ९० प्रतिशत जनता इन्टरनेटको पहुँचमा रहेको तथ्यांकले देखाएका छन्।