सोह्रखुट्टेमा भीषण आगलागी
सहयात्रा टिभी
काठमाडौं । मंसिर १७, दिउँसो सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी भएको छ ।

आगलागी भएपछि आगो नियन्त्रण गर्न काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दमकल खटिएको बताइएको छ ।
आगलागी बाट कति क्षति भयो भन्ने सन्दर्भमा आगलागी नियन्त्रणमा लिएपछि पूरा विवरण आउने महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले जनाएको छ ।


