पराजयपछि कमल थापाले गरे पूर्व राजाको भत्सर्ना, निर्मल निवासले नाङ्गो हस्तक्षेप गरेको आरोप

काठमाडौं । १९ मंसिर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा भएको निर्वाचनमा पराजित भएपछि कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचना गरेका छन्।
उनले ट्विटरमा लेख्दै निर्मल निवासको नांगो हस्तक्षेपको भएको भन्दै भत्सर्ना गरेका हुन्। ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। धन्यवाद ज्ञानेन्द्र वीर विक्रम शाह ।’ उनले आफूले उन्मुक्ति पाएको पनि बताएका छन् ।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।,’ उनले ट्विट गरेका छन् ।