कञ्चनपुरको एक पसलमा आगलागी
सहयात्रा टिभी
धनगढी । मंसिर १९, कञ्चनपुरको एक पसलमा आगलागी भएको छ।

जिल्लाको बेलडाँडी गाउँपालिका २ चवन्नी बजारका मनोज घिमिरेको वर्षा सुनचाँदी पसलमा आगलागी भएको प्रहरीले बताएको छ।
शनिबार ग्याँस सिलिण्डरबाट आगलागी हुँदा पसलका विभिन्न सामान जलेर करिब ४ लाख बराबरको क्षती भएको प्रारम्भीक अनुमानबाट खुलेको प्रहरीले जनाएको छ।


