जुम्लामा एमबिबिएस पढाई सुरु

सहयात्रा टिभी

काठमाडौं । मंसिर २०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबिबिएसको पठनपाठन सुरु भएको छ ।

पहिलो पटक एमबिबिएससहित बी फार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको हो । आयोगले प्रतिष्ठानलाई एमबिबिएसमा अध्यापनका लागि २० जनाको कोटा तोकि दिएको छ ।

पूर्ण छात्रवृत्तिमा १५ र स(शुल्कमा पाँच कोटा कायम गरिएको छ । बी फार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको छ ।

यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ, हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको थियो ।

 

 

 

प्रकाशित : 6 December, 2021

प्रतिक्रिया दिनुहोस्