आन्दोलित वकिलहरुको टोली ओलीलाई भेट्न बालकोट पुगे
सहयात्रा टिभी
काठमाडौ । मंसिर २१, गत कात्तिक पहिलो सातादेखि आन्दोलित वकिलहरुको टोली सर्वोच्चमा देखिएको जटिलता र जबराको राजीनामासहितका विषयमा कुरा गर्न प्रमुख प्रतिपक्षी दलका नेताको निवासमा पुगेको हो।
एमाले अध्यक्ष ओलीले उनीहरुलाई मध्यान्ह साढे १२ बजेको समय दिएर बालकोट बोलाएका थिए। त्यही अनुसार बालकोट पुगेका उनीहरुले ओलीलाई अहिले पौने १ बजे भेटेका छन्।
ओलीलाई भेट्न जेष्ठ वकिल कृष्णप्रसाद भण्डारी, बारका पूर्वअध्यक्ष शभ्मु थापा, वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य पनि बालकोट पुगेका छन्।