ओमिक्रोनको संक्रमण बढेसँगै भारतमा कोभिडको तेस्रो लहर सुरु हुने चेतावनी

सहयात्रा टिभी

काठमाडौँ । २२ मंसिर, भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन बढेको र यसका कारण आगामी वर्षको फेब्रुवरीसम्म तेस्रो लहर सुरु हुने विज्ञहरुले चेतावनी दिएका छन् ।

इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका वैज्ञानिक महिन्द्र अग्रवालले आगामी फेब्रुअरीसम्म दैनिक कोभिड संक्रमितको संख्या एक लाख ५० हजार पुग्ने अनुमान गरेका छन् ।

‘भारत सामान्य अवस्थामा फर्किरहेका बेला ओमिक्रोनका बिरामी देखिनु ठूलो धक्का हो । समयमै पर्याप्त कदम चालिएन भने हामी तेस्रो लहरको जोखिममा पर्नेछौँ ,’ अग्रवालले भने ।

ओमिक्रोनभेरयन्ट डेल्टाजस्तो खतरा नभएको पनि उनले बताए । ओमिक्रोनचाँडै सर्ने भए पनि जोखिम भने कम भएको उनको भनाइ छ ।

त्यस्तै,भारतीय मेडिकल एसोसियसन (आईएमए) ले नयाँ भेरियन्टसँगै भारतमा तेस्रो लहर आउनेचेतावनी दिएको छ । तर, दोस्रो लहर जस्तो तेस्रो लहर घातक नहुने आईएमएले जनाएको छ ।

भारतमा २१ जनामा ओमिक्रोनभेरियन्ट देखिएको छ । राजस्थानमा नौ, महाराष्ट्रमा आठ, कर्नाटकमा दुई जनामा, गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएको हाे । दक्षिण कोरियाबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्रोन देखिएको हो ।

अहिलेसम्म नेपाल, अमेरिका, अस्ट्रेलिया, बेलायत, नेदरल्यान्डसहित ४५ देशमा ओमिक्रोन देखिएको छ ।

प्रकाशित : 8 December, 2021

प्रतिक्रिया दिनुहोस्