तरकारीको मूल्य बढ्यो
सहयात्रा टिभी
काठमाडौ । मंसिर २२, तरकारी महगिंदा किलोमा किन्नेहरू पाउमा झरेका छन् ।
फलफूल तथा तरकारीको मुल्य बढदा गृहिणीहरू तनावमा छन् । गोलभेडाको थोक मूल्य ५५ देखि ६० रुपैयाँ थियो । तर यो बर्ष थोक मूल्य एक सय र खुद्रा १ सय २० रुपैयाँभन्दा बढी पुगेको छ । सबैभन्दा महँगो धनियाँ छ ।
सय ग्राम बराबरको हरियो मुठाको धनियाको मूल्य गत वर्षभन्दा चार गुणाले बढेको छ । गतमूल्य बढ्नुमा बेमौसमी वर्षा मुख्य कारण रहेको धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिले जनाएको छ ।