देउवाले पदाधिकारीको टुंगो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखे

काठमाडौं । मंसिर २२, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारीको टुंगो लगाउन आफू पक्षीय नेताहरुसँग छलफल जारी राखेका छन्।
देउवा समूहमा आकांक्षी धेरै छन्। गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, प्रवक्ता विश्वप्रकाश शर्मा, एनपी साउद र रमेश लेखक आकांक्षी छन्। संस्थापन र संस्थापन इतरपक्षले अझैं उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।
दुवै पक्ष उम्मेदबारको टुंगो लगाउन आन्तरिक छलफलमा जुटेपनि साझा उम्मेदवार बनाउन सकेका छैनन्।