मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सहयात्रा टिभी

उदयपुर । मंसिर २३, बुधबार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान भएको छ । साथै एकजना घाइते भएका छन् ।

चौदण्डिगढी नगरपालिका(६ सातधारेस्थित स १० प ३१३३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो । बेल्टारबाट गाइघाटतर्फ आउदै गरेको मोटरसाइकल अनियन्त्रित हुँदा स्थानीय उमेश राईको मृत्यु भएको हो ।

त्यस्तै, चौदण्डिगढी नगरपालिका(३ हात्तिसारमा सप्तरीको फत्तेपुरबाट रामपुरतर्फ जादै गरेको प्र २०३ ००९ प ४८४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लहान नगरपालिका(२२ सिरहा बस्ने ओम विकको घट्नास्थलमा नै मृत्यु भएकोमा प्रहरीले जनाएको छ ।

प्रकाशित : 9 December, 2021

प्रतिक्रिया दिनुहोस्