आर, आर,आरको ट्रेलर रिलिज

काठमाडौँ । मंसिर २६, ‘बाहुबली’ निर्देशक एसएस राजमौलीको निर्देशनमा बनेको वर्षकै प्रतीक्षित चलचित्र ‘आरआरआर’को ट्रेलर सार्वजनिक भएको छ ।
मुख्य कलाकार जुनियर एनटीआर, राम चरन, अजय देवगण, आलिया भट्ट लगायतलाई देख्न सकिन्छ । चलचित्रलाई ठूलो क्यानभासमा तयार पारिएको छ । चलचित्रमा दुई योद्धाको कथालाई प्रस्तुत गरिएको छ ।