किसान कोदो खेतीप्रति आकर्षित

सहयात्रा टिभी

काठमाडौँ । मंसिर २६, पहाडी जिल्लाको रूपमा रहेको सल्यानमा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिन्छ।

विशेषगरी वनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा कोदो खेती गरिन्छ। विस्तारै कोदोको महत्त्व बढ्दै गएपछि किसानले यसको खेती गर्दै आइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए।

आर्थिक वर्ष २०७६/ ०७७ मा ६ सय ७५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदा १ हजार १ सय २० मेट्रिक टन उत्पादन भएको थियो।

गत आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ७८ हेक्टरमा कोदो खेती गरिएको थियो। जसबाट १ हजार २ सय २७ मेट्रिक टन कोदो उत्पादन भएको बस्नेतले बताए।

प्रकाशित : 12 December, 2021

प्रतिक्रिया दिनुहोस्