ट्याक्टरको दुर्घटना बाट १ जनाको मृत्यु

काठमाडौँ । मंसिर २८, इलामको माईजोगमाई गाउँपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
गाउँपालिकाको वडा नं ४ गैरीगाउँमा मे १ त ११७३ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा स्थानीय ५४ वर्षीय पुर्ण घलेको घटनास्थलमा नै मृत्यु भएको हो। पराल बोकेर हिडेको ट्यारक्टरबाट खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
उनको शवलाई कानुनी प्रक्रिया पुरा गरि पोष्टमार्टको लागि इलाम अस्पताल ल्याइएको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।