चपली हाइट ३ को रिलिज मिति सर्यो

काठमाडौँ । मंसिर २८, नेपाली हरर चलचित्र ‘चपली हाइट ३’ को रिलिज मिति सरेको छ । पुस २ गते रिलिज मिति तोकिएको चलचित्रले नयाँ रिलिज मिति तोकेको छ ।
सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर निर्माण टिमले नयाँ रिलिज मिति घोषणा गरेको हो ।
निकेश खड्काको अनिर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, अभिनेता अर्पण थापा, आमिर गौतम, प्रतिक मान श्रेष्ठ, अनि महेष त्रिपाठी लगायत कलाकारहरूको अभिनय रहेको छ ।