दोस्रो चरणको मतदान दिउँसो ३ बजे देखिःकांग्रेस महाधिवेशन

काठमाडौँ । मंसिर २८, कांग्रेस महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै दिउँसो तीन बजेदेखि हुने भएको छ।
सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो। सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो चरणको मतदान हुने भएको हो।
पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ।