देउवालाई प्रकाशमानको समर्थन

काठमाडौँ । मंसिर २८, देउवासँगको भेटपछि सिंहले सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै सभापतिमा देउवालाई समर्थन गर्ने बताए। “अब मैले देउवाजीलाई समर्थन गर्छु,” सिंहले भने।
आज बिहान सभापतिको मतगणना सकिए लगत्तै प्रधानमन्त्री देउवा सिंहलाई भेट्न चाक्सीबारी पुगेका थिए। दोस्रो चरणमा आफूलाई सहयोग गर्न देउवाले सिंहलाई आग्रह गरेका थिए। दुवै जनाबीच भएको छलफलपछि सिंहले देउवालाई समर्थन गर्ने बताएका हुन्।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि दोस्रो चरणमा आजै मतदान हुने भएको छ। दोस्रो चरणमा देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ।