बेलायतमा अहिले सम्मकै धेरै कोरोना संक्रमति

सहयात्रा टिभी

काठमाडौँ । पुस १, बुधबार बेलायतमा कोरोना संक्रमितको संख्याले रेकर्ड तोडेको बीबीसीले जनाएको छ।

बेलायतमा बुधवार ७८ हजार ६ सय १० जनामा संक्रमण देखिएको र यो अहिलेसम्मकै धेरै भएको अधिकारीहरुले जनाएका छन्।

यस अघि यसै वर्षको जनवरी ८ मा एकै दिन ६८ हजार जनामा कोरोना पुष्टि भएको थियो जतिबेला बेलायतमा लकडाउन थियो।

एक पत्रकार सम्मेलनमा मुख्य चिकित्सा अधिकारी प्रोफेसर क्रिस व्हिटीले आगामी दिनमा स्थिति अझै भयावह हुन सक्ने र यो रेकर्ड पनि तोडिन सक्ने छ।

प्रकाशित : 16 December, 2021

प्रतिक्रिया दिनुहोस्