पिकनिक जाँदै गरेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पुस १, पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा पिकनिक गएर गन्तब्यतर्फ जाँदै गरेको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
इलामको कन्यामबाट सुनसरीको इटहरीतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बसले ठक्कर दिँदा बुधबार राति ८ बजे इलाम रोङ गाउँपालिका वडा नम्बर ६ का ३३ वर्षीय सन्तोष राई र सोही ठाउँका ३५ वर्षीय चक्रबहादुर राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।