आलिया भट्टविरुद्ध एफआईआर दर्ता

काठमाडौँ । पुस २, बलिउड अभिनेत्री आलिया भट्टविरुद्ध एफआईआर दर्ता हुने भएको छ ।
डिसेम्बर ८ मा निर्माता करण जोहारको पार्टीमा सहभागी भएकी थिइन् । यो पार्टीमा सहभागी करीना कपूर र अमृता अरोडालाई कोरोना पोजेटिभ देखिएको थियो । यद्यपि आलियाको रिपोर्ट भने नेगेटिभ आएको थियो ।
आलिया उक्त पार्टीमा रहेकाले उनले १४ दिन होमक्वारेन्टाइनमा बस्नुपर्ने थियो । तर उनी आफ्नो फिल्म ‘ब्रह्मास्त्र’ को प्रमोसनका नयाँदिल्ली पुगेकी थिइन्
यहीकारण बीएमसीको एक कमिटीले आलियामाथि एफआईआर दर्ता गर्न आदेश दिएको छ ।