दिउँसो २ बजे सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौँ । पुस ४, आज अपरान्ह ४ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी र संसदको गतिरोध अन्त्यका लागि छलफल गर्न सर्वदलिय बैठक बोलाउनु भ एको छ ।
त्यसअघि नै सत्ता साझेदार दलहरुका शीर्ष नेताहरुबीच छलफल हुने बताइएको छ ।
गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा नेपालकी नेत्री दुर्गा पौडेल सहभागी हुने बताइएको छ ।