एक युवाको घाँटी रेटेर हत्याःकैलाली

काठमाडौँ । पुस ४, कैलालीको जानकी गाउँपालिकामा एक युवाको घाँटी रेटेर बीभत्स हत्या भएको छ ।
जानकी–९, का २५ वर्षीय अरुण दासको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको छ । घाँटी रेटेर शरीरबाट टाउको अलग गरिएको अवस्थामा उनको शव स्थानीय अमरावती सामुदायिक वनमा फेला परेको जिल्ला प्रहरी कार्यालयका बताए ।
रुखको फेदमा बाँधेर नग्न बनाउँदै धारिलो हतियारले घाँटी छिनालिएको अवस्था शव फेला परेको प्रहरीले जनाएको छ ।