शेयर बजार
सहयात्रा टिभी
काठमाडौँ । पुस ५, पछिल्लो समय लगातार घटि रहेको शेयर बजार आज सोमवार पनि दोहोरो अङ्कले ओरालो लागेको छ ।
नेप्से आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ ।
आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ ।
आज ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो ।