ओमिक्रोन बाट पहिलो मृत्युुःअमेरिका

सहयात्रा टिभी

काठमाडौँ । पुस ६, अमेरिकामा ओमिक्रोनबाट पहिलो मृत्युु भएको छ । अमेरिकाको टेक्सासमा ओमिक्रोन संक्रमितको मृत्युको रिपोर्ट सार्वाजनिक भएको हो ।

स्वास्थ्य विभागका अनुसार यी व्यक्तिले भ्याक्सिनको एउटा पनि डोज लगाएका थिएनन् । कोरोनाको नयाँ भेरियन्ट विश्वभरीमा तीव्र रुपमा फैलिरहेको छ ।

अमेरिकामा यसले अराजकता मच्चाउन थालेको छ । सोमबार यो नयाँ भेरियन्टबाट पहिलो मृत्युको पुष्टि भइसकेको छ । ७३ प्रतिशत कोरोनाको बिरामीमा ओमिक्रोनको संक्रमण भएको पाइएको छ ।

यो आंकडा केबल एक साताको अवधिमा तीव्र दरमा फैलिएकाले खतरा मानिएको छ । गत सातामा ३ प्रतिशत कोरोनाको बिरामीमा मात्रै ओमिक्रोनको संक्रमण देखिएको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीका अनुसार अमेरिकामा एक साताको अवधिमा ओमिक्रोनको मामिलामा ६ गुणाले वृद्धि भएको छ ।

 

 

 

 

 

 

 

 

 

प्रकाशित : 21 December, 2021

प्रतिक्रिया दिनुहोस्