नेपाल लाइफ इन्स्योरेन्स जीवन बीमा देशकै नं १
सहयात्रा टिभी
काठमाडौँ । पुस ६, नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाल लगायत सञ्चार माध्याम मार्फत “नेपालकै नं. १” अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै सो दावी गरेको हो ।
कम्पनीले प्रस्तुत गरेका तथ्य परक जानकारीहरुका अनुसार आर्थिक वर्ष २०७८.७९ को पहिलो त्रैमास अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्ब रुपैयाँको सर्वाधिक जीवन बीमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बीमालेख जारी, रु. ४०.५० अर्बको सर्वाधिक दावी भुक्तानी, रु. ७.१९ अर्बको सर्वाधिक चुक्ता पुँजी रहेको छ ।