केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अतिरिक्त शुल्क लिएको विद्यार्थीको गुनासोःकेएमसी कलेज

सहयात्रा टिभी

काठमाडौँ । पुस ६, सिनामंगल स्थित काठमाडौं मेडिकल कलेजले एम.बी.बी.एस र बीडीएसका विद्यार्थी सँग चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा अतिरिक्त शुल्क उठाउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

‘यो शिक्षा हो कि व्यवसाय हो रु कि त हाम्रो शुल्क फिर्ता गर्नुपर्‍यो, होइन भने हाम्रा माग पुरा हुनुपर्छ ।’कलेजले इन्टेन्सीप शुल्क नदिई विद्यार्थीहरुको श्रमशोषण गरेको एमबीबीएस तहमा अध्ययनरत छात्रा निशिका कोइरालाको आरोप छ ।

कोइरालाले शिक्षण शुल्क अतिरिक्त राखेर २० लाखभित्र के–के पर्छन् त्यसबारेमा विद्यार्थीहरुलाई हालसम्म केही सूचना नदिएको गुनासो गरिन् ।

 

 

प्रकाशित : 21 December, 2021

प्रतिक्रिया दिनुहोस्