कांग्रेसको प्रदेश २ मा नेतृत्व चयन गर्न आज चुनाव

काठमाडौं । ७ पुस, नेपाली कांग्रेसको प्रदेश २ मा नयाँ नेतृत्व चयन गर्न आज मतदान हुँदैछ । प्रदेश सभापतिमा दुई जनाको उम्मेदवारी परेको छ ।
प्रदेश २ का संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव र रौतहट जिल्ला सभापति कृष्ण यादवले सभापतिमा उमेदवारी दर्ता गराएका हुन् । उनीहरुले जनकपुरधामस्थित गोपाल धर्मशाला पुगेर हिजो उमेदवारी दर्ता गराएका थिए ।
रामसरोजलाई नेता शेखर कोइराला र विमलेन्द्र निधिको समर्थन रहेको छ भने कृष्णलाई सभापति शेरबहादुर देउवाको समर्थन छ ।
उम्मेदवारको अन्तिम नामावली राति १० बजे प्रकाशन गरिएको थियो । प्रदेशमा सभापति, उपसभापति, महामन्त्री तथा एक महिलासहित तीन सहमहामन्त्री पदमा निर्वाचन हुँदैछ ।
निर्वाचन समितिका सदस्य अरुण यादवका अनुसार ७४ पदका लागि १ सय ८० जनाको उम्मेदवारी परेको छ ।