माओवादी केन्द्र प्रदेश १ मा पनि चुनाव

काठमाडौँ । पुस ७, माओवादी केन्द्र प्रदेश कमिटीको बैठक आज बस्दैछ ।
बैठकपछि नौं पदाधिकारीका लागि निर्वाचन गरिने नेताहरूले बताएका छन् ।गत मंसिर २५/२६ को प्रथम प्रदेश अधिवेशनमा पदाधिकारीको टुङ्गो नलागेपछि २७१ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको थियो । कमिटीका सदस्यहरुले नौं जना पदाधिकारीका लागि मतदान गर्नेछन् ।
९ पदाधिकारीका लागि तीन दर्जन आकांक्षी छन् । निर्वाचनको तयारीका लागि नेताहरूको बैठक बसिरहेको प्रदेश १ सचिवका उम्मेदवार गणेश उप्रेतीले बताए ।
पदाधिकारी टुङ्गो लगाउन गठन भएको कार्यदल, प्रदेश १ का केन्द्रीय सदस्य र नेतृत्वका आकांक्षीबीच मंगलबार छलफल भएको थियो । छलफलमा ४० जना पदाधिकारीका आकांक्षी सहभागी थिए ।