लमजुङमा ७१ हजार बढी पशुपन्छीमा खोप

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, लमजुङले गत आर्थिक वर्षमा मात्रै ७१ हजार बढी पशुपन्छीमा खोप लगाएको जनाएको छ ।

जिल्लाका दुई स्थानीय तहबाट पशु पुर्णखोप कार्यक्रम कार्यान्वयन गरेको कार्यालयले गत आर्थिक वर्षमात्रै ७१ हजार बढी पशुपन्छीलाई विभिन्न प्रकारको खोप लगाएको हो ।
मध्यनेपाल र बेसीसहर गरी दुई स्थानीय तहका १६ हजार ४ सय १० गाई भैंसी, १ हजार ६ सय आठ बंगुर, १ हजार ३ सय ४१ कुकुर,१ सय ५९ बरालो, ४६ हजार दुईसय ८१ भेडाबाख्रालाई विभिन्न प्रकारको खोप लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित : 22 December, 2021

प्रतिक्रिया दिनुहोस्