सेयर बजार

सहयात्रा टिभी

काठमाडौँ । पुस ७, नेप्सेमा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ ।

कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो ।

२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यसक्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा बढी कारोबार रकम हो ।

प्रकाशित : 22 December, 2021

प्रतिक्रिया दिनुहोस्