यस्तो छ तीन दिनको देशभरको मौसम

सहयात्रा टिभी

काठमाडौँ । पुस ८, जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ ।

मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था  देशको पहाडी भू(भागहरूमा आंशिक बदली रहेको छ ।

२०७८ पौष ८ गते ९बिहीबार

दिउँसो

देशका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ पौष ९ गते शुक्रबार

दिउँसो

पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

२०७८ पौष १० गते शनिबार

दिउँसो

पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राती

देशका सुदूर पश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू(भागमा सामान्यतया मौसम सफा रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

तराईका भू(भागहरुममा बिहानको समयमा हुस्सुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।

प्रकाशित : 23 December, 2021

प्रतिक्रिया दिनुहोस्