नयाँ भेरिअन्टको त्रास बढ्दै

काठमाडौँ । पुस ८, धेरै देशमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिने क्रम तीव्र बढि रहेको छ ।
खोप लगाएकै वा यसअघि कोभिड सङ्क्रमित भइसकेकामा ओमिक्रोनले देखाउने लक्षण र असरहरू अझ प्रस्ट नभइसकेको अवस्थामा नयाँ भेरिअन्ट छुट्ट्याउने काम धेरै गर्नुपर्ने हून्छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख भने, हरेक प्रदेशमा, विदेशबाट आउनेहरूलाई विमान स्थलमा, भारतसँग जोडिएका नाकाहरूमा जीनोम सीक्वन्सिङ सेवा बढाएर छिटो नतिजा आउने अवस्था बनाउनुपर्छ।
जसले सङ्क्रमण धेरै नफैलिसक्दै व्यवस्थापन गर्न सकिन्छ। नेपालका हालसम्म तीन जनामा ओमिक्रोन भेरिअन्ट पुष्टि भइसकेको छ।