केपी ओली प्रचण्ड माधव नेपाल एमाले


देशभर २९३ जनामा संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौँ । पुस ८, नेपालमा पछिल्लो २४ घण्टामा देशभर २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४१ पीसीआर र ५२ एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो।

२४ घण्टामा ११ हजार ६२६ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा पीसीआर परीक्षण ९ हजार ५१० र एन्टिजेन परीक्षण २ हजार ११६ भएको छ।

पछिल्लो २४ घण्टामा २६३ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट २ जनाको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १६१ छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख २६ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन परीक्षणबाट ९६ हजार ९२ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म ८ लाख ९ हजार ९२२ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ५८१ पुगेको छ । २४ घण्टामा २ लाख ८२ हजार ४४१ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित : 23 December, 2021

प्रतिक्रिया दिनुहोस्