तीनतले डुङ्गामा आगलागीःबाङ्ग्लादेशः

सहयात्रा टिभी

काठमाडौँ । पुस ९,बाङ्ग्लादेशमा एउटा यात्रुवाहक डुङ्गामा आगलागी हुँदा कम्तीमा ३६ जनाको ज्यान गएको छ।त्यहाँको सुगन्धा नदीमा उक्त घटना भएको हो।

घटना भएको झालकोटी जिल्लाका अतिरिक्त प्रहरी उपरीक्षक मोइनुल हकले अहिलेसम्म कम्तीमा ३६ वटा शव फेला पारिएको बीबीसी बाङ्ग्लालाई बताए। डुङ्गामा आगो लाग्दा कैयौँ यात्री नदीमा हाम फालेको अधिकारीहरूले बताएका छन्।

मृतकको सङ्ख्या बढ्न सक्ने ठानिएको छ। धेरैजसोको मृत्यु आगोले जलेर भएको छ भने केही आगलागी भयो भनेर पानीमा हामफाल्दा डुबेर मरेका छन्। डुङ्गामा ५०० जना यात्रु रहेको बताइएको छ।

मृतक बढ्ने अनुमान
अधिकारीहरूका अनुसार मृतकको सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको छ। एमभी अभियान नामक डुङ्गा गएराति ढाकाबाट बर्गुनाका लागि रमाना भएको थियो।

शुक्रवार सखारै उक्त डुङ्गामा आगलागी शुरू भएको थियो। आगलागीको कारण स्पष्ट हुन सकेको छैन। बाङ्ग्लादेशमा बारम्बार डुङ्गा दुर्घटना हुनुमा डुङ्गाको सुरक्षा स्थिति राम्रोसँग जाँच नगरिनु, सुरक्षा मापदण्डको अभाव र क्षमताभन्दा बढी यात्रु बोक्नुका कारण हुने गरेको बताइन्छ।

प्रकाशित : 24 December, 2021

प्रतिक्रिया दिनुहोस्