माओवादी केन्द्रको स्थायी कमिटी जारी
सहयात्रा टिभी
काठमाडौँ । पुस ९, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्न तयार पारेको राजनीतिक दस्तावेजका साथै अन्य तयारीबारे छलफल भइरहेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
प्रचण्डको राजनीतिक प्रतिवेदनमा स्थायी कमिटी सदस्यहरुले सुझाव दिनेछन्। त्यसपछि ती सुझाव समेटेर अध्यक्षले प्रतिवेदनलाई अन्तिम रुप दिनेछन्।
राष्ट्रिय सम्मेलनमा पेश हुने राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान प्रतिवेदनका बारेमा दुई दिनसम्म समूहगत छलफल गर्ने तयारी गरिएको छ।