केपी ओली प्रचण्ड माधव नेपाल एमाले


क्रिसमस पार्टीमा आत्मघाती हमला

सहयात्रा टिभी

काठमाडौँ । पुस ११, गणतन्त्र कंगोमा एउटा रेस्टुरेन्टमा भएको आत्मघाती हमलामा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

पूर्वी सहर बेनीमा भिडभाडयुक्त रेस्टुरेन्टमा क्रिसमस पार्टी चलिरहेको बेला आत्मघाती विस्फोट भएको थियो । विस्फोटमा एक दर्जनभन्दा बढी घाइते भएका छन् । एक आक्रमणकारीले रेस्टुरेन्टको प्रवेशद्वारमा आत्मघाती विस्फोट गराएका थिए ।

इस्लामिक स्टेट आइएस सँग आबद्ध एकीकृत डेमोक्रयाटिक फोर्स एडीएफ का कार्यकर्ताहरूले सो विस्फोट गराएको अधिकारीहरूले बताएका छन् । अहिलेसम्म कुनै पनि समूहले विस्फोटको जिम्मा लिएका छैन । बम विस्फोट हुँदा रेस्टुरेन्टमा ३० जनाभन्दा बढीले क्रिसमस मनाइरहेका थिए । विस्फोटको समयमा महिला र बालबालिका थिए । बेनीमा सेना र मुस्लिम लडाकुका कार्यकर्ताबीच बारम्बार झडप हुने गरेको छ ।

 

प्रकाशित : 26 December, 2021

प्रतिक्रिया दिनुहोस्