मंगलबार र बुधबार देशभर वर्षा हुनसक्ने

सहयात्रा टिभी

काठमाडौँ । पुस १२, आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ पुस १२ गते सोमबार
दिउँसो स् देशको पहाडी तथा हिमाली भू(भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राती स् देशको पहाडी तथा हिमाली भू(भागहरूमा सामान्यदेखि पूर्णतया बदली र तराइका भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू(भागहरुका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

२०७८ पुस १३ गते मंगलबार
दिउँसो स् देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती स् देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।

२०७८ पुस १४ गते बुधबार
दिउँसो स् देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू(भागहरुका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

राती देशभर सामान्य देखि पूर्णतया बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ।

 

प्रकाशित : 27 December, 2021

प्रतिक्रिया दिनुहोस्