एमसीसी बारे प्रचण्डको धारण के छ त ?

काठमाडौँ । पुस १३, प्रचण्डले जारी महाधिवेशनको बन्दसत्रमा पेस गरेको प्रतिवेदनमा अमेरिकी अनुदान सम्झौता एमसिसीबारे के भनेका छन् भन्ने चासो देखिन्छ।
कार्यकर्ता तहमा एमसिसीको विरोध भइरहेको र सत्ता गठबन्धनबाट प्रधानमन्त्री शेरबहादुर देउवा पास गर्न चाहिरहका बेला पार्टीका कार्यकर्तासहित अन्य राजनीतिक दललाई पनि यसबारे चासो देखिएको हो।
तर प्रचण्डले प्रतिवेदनमा यसबारे एउटा बुँदा मात्रै उल्लेख गरेका छन् । एमसिसीका बारेमा परिमार्जन गरेर राष्ट्रिय सहमति बनाएरमात्र अघि बढाउन सकिन्छ, उनले प्रतिवेदनमा भनेका छन् ।