मोदीले किने १९ करोडको कार

काठमाडौँ । पुस १३, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ कार किनेका छन् ।
उनले मर्सिडिज ब्राण्डको मेब्याक एस ६५० नामक अत्याधुनिक सुरक्षा यन्त्रले सुसज्जित कार किनेका हुन् । यसअघि मोदीले ल्याण्ड रोभर भोग र टोयटा ल्याण्ड क्रुजर जस्ता बुलेटप्रुफ कार प्रयोग गर्दै आएका थिए ।
तर पछिल्लो समय उनको सवारी सूचीमा बमले समेत असर नगर्ने मर्सिडिज ब्राण्डको कार थपिएको हो ।
अत्याधुनिक सुरक्षा यन्त्रबाट सुसज्जित मेब्याक एस(६५० झ्याल र बडीमा अपग्रेड गरिएको मर्सिडिज कार हो ।