जनवरी १ देखि भारतका १३ शहरमा ५ जी इन्टरनेट शुरु

काठमाडौँ । पुस १४, भारतमा जनवरी १ देखि चार दिन अगाडि मंगलबार देशका १३ सहरमा छिट्टै फाइभजी इन्टरनेट सेवा सुरु गर्ने घोषणा गरिएको छ ।
फाइभजी सेवा लागू भएसँगै यी १३ सहरमा फोरजीभन्दा १० गुणा बढी इन्टरनेट स्पीड हुनेछ ।
५जी इन्टरनेट सेवा सुरु हुने देशका १३ सहरमध्ये सबैभन्दा बढी ३ सहर गुजरात राज्यका छन् । यसबाहेक महाराष्ट्रका दुई सहर पनि सामेल छन् । तीन ठूला निजी टेलिकम कम्पनीहरू भारती एयरटेल, रिलायन्स जियो र भोडाफोन–आईडिया भारतमा ५ जी इन्टरनेट सेवा सुरु गर्न काम गरिरहेका छन् ।
यी तीन कम्पनीले मोबाइल एसेसरिज निर्माता एरिक्सन र नोकियासँग मिलेर काम गर्न थालेका छन् ।
यी १३ सहरमा इन्टरनेट प्रयोगकर्ता बढी छन् । यहाँ इन्टरनेटको प्रयोग पनि धेरै छन । त्यसैले यी सहर छनोट गरिएको हो ।
५जी इन्टरनेट सेवाको लागत ४जीभन्दा बढी छ । साना सहरको तुलनामा यी १३ ठूला सहरमा ५ जी प्रयोग गर्ने मानिस बढी छन् । इन्टरनेट नेटवर्कको पाँचौं पुस्तालाई ५ जी भनिन्छ ।
-एजेन्सीको सहयोगमा