पाँच दिनदेखि महिला सम्पर्क विहीनःतनहुँ

काठमाडौँ । पुस १४, तनहुँ – जिल्लाको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्।
यही पुस १० गते चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।
थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको जानकारी दिएका छन्।