‘पुष्पाका प्राविधिकलाई एक लाख दिने घोषणा

काठमाडौँ । पुस १४, मुम्बई बलिउड लाइफ साउथ फिल्म ‘पुष्पाले बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको छ ।
अल्लू अर्जुन स्टारर फिल्मले हालसम्म दुई सय ७५ करोड बढी कमाई गरिसकेको छ भने यसको मात्रा पनि बढ्दै गएको छ ।फिल्मले सफलता पाएकोमा हालै फिल्म युनिटले एक कार्यक्रम गरेको थियो ।
जहाँ निर्देशक सुकुमार, अल्लू अर्जुन र अभिनेत्री रस्मिका मन्दानालगायतको उपस्थिति थियो । निर्देशक सुकुुमारले भावुक हुँदै फिल्म सफलताको श्रेय श्रीमति थबिता, निर्माता चिरञ्जीबी, कलाकारहरु र फिल्मका प्राविधिक सदस्यलाई दिए ।
उनले कार्यक्रममा लाइटमेन, सेट ब्वाइ, कष्ट्युम र प्रोडक्सन विभागका प्राविधिकलाई जनही १ लाख रुपैंयाँ दिने घोषणा गरे ।