कोरोना संक्रमणबाट मृत्यु शून्‍य, ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा

सहयात्रा टिभी

काठमाडौँ । पुस १५,  पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्‍यु शून्‍य भएको छ। कोभिड–१९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन्।

नेपालमा यसअघि ११ हजार ५९० जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा थप २४१ जनामा कोरोना भाइरस पुष्टि भएको छ।

६ हजार ८१४ जनाको पीसीआर परीक्षण गर्दा २३५ जना र २ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ जना रहेका छन्। जसमध्ये ४ हजार ६३४ जना होम आइसोलेसनमा रहेका छन् भने २३७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ८३ जना आईसीयू र २३ जना भेन्टिलेटरमा उपचाररत् छन्।

प्रकाशित : 30 December, 2021

प्रतिक्रिया दिनुहोस्