देशभर थपिए २४१ कोरोना संक्रमित, २२८ संक्रमणमुक्त

सहयात्रा टिभी

काठमाडौँ । पुस १७, नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ ।

यस्तै, सो अवधिमा २२८ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म ८ लाख ११ हजार ७४६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमा परी कसैको पनि ज्यान गएको छैन । हालसम्म मृत्यु हुनेको संख्या भने ११ हजार ५९० रहेको छ ।

आज सक्रिय संक्रमितको संख्या ४ हजार ८७१ छ ।

प्रकाशित : 1 January, 2022

प्रतिक्रिया दिनुहोस्