घरमै बसेर स्टार भइन्छ भन्ने सोच्नु गलत स्स्वस्तिमा

काठमाडौँ । पुस १७, अभिनेत्री स्वस्तिमा खड्काले घरभित्रै बसेर स्टार भइन्छ भनेर सोच्नु गलत भएको बताएकी छन् । दर्शकसँग जति धेरै कुराकानी भयो उति नै नजिक भइने उनको धारणा छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै स्वस्तिमाले भनिन्, ‘दर्शकसँग जति धेरै कुराकानी भयो उति नै उहाँहरुसँग नजिक भइन्छ जस्तो लाग्छ । जस्तो म आज मिडियाको माध्यमबाट दर्शकसँग कुराकानी गरिरहेको छु । अब मिडिया आउँछ भनेर म बाहिर नै ननिस्किएको भए त दर्शकसँग जोडिन पाउँदिन थिएँ होला नि । बाहिर मुखै देखाउन हुँदैन भन्ने म मान्दिनँ ।’