ला लिगामा बार्सिलोना विजयी

सहयात्रा टिभी

काठमाडौं । पुस १९, स्पेनिस ला लिगामा बार्सिलोनाले आरसीडी मालोर्कालाई १ ० अन्तरले पराजित गर्‍यो ।

क्याटलान क्लब बार्सिलोनाको जितमा लुक डी जोङले ४४औँ मिनेटमा गरेको हेड गोल निर्णायक बन्यो ।

६५ प्रतिश बल पोसेसन राखेपनि बार्सिलोनालाई गोल गर्न हम्मेहम्मे परेको थियो । कोरोनाका कारण बार्सिलोनाका अधिकांश सिनियर खेलाडी खेलेका थिएनन् ।

तर पनि मालोर्काले त्यसको फाइदा उठाउन सकेन । जितसँगै बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौँ स्थानमा छ । पराजित मालोर्का भने समान खेलबाट १९ अंकसहित १५ औं स्थानमा छ ।

 

 

प्रकाशित : 3 January, 2022

प्रतिक्रिया दिनुहोस्