प्रेमगीत ३ को रिलिज फेरि स्थगित

सहयात्रा टिभी

काठमाडौं । पुस २०, फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थागित भएको छ ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो ।

निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज स्थगित भएको जनाएका छन् ।

चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरु, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ’ सेनले अगाडि लेखेका छन् ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौ ।

भारतमा फिल्म हल बन्द हुने क्रम बढेकाले त्यहाँका वितरक समुहको सुझावलाई मनन गर्दै रिलिज स्थगित गरिएको छ । नेपाल र भारतको अलवा अन्य देशमा पनि एकै मितिमा फिल्म प्रदर्शन गर्न अहिले अनिश्चित कालका स्थगित गरिएको सेनको भनाई रहेको छ ।

 

 

प्रकाशित : 4 January, 2022

प्रतिक्रिया दिनुहोस्