अष्ट्रेलियामा कोरोना संक्रमण दर उच्च

काठमाडौं । पुस २०, सिड्नी–अष्ट्रेलियामा एकै दिनमा ४३ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
अष्ट्रेलियाका विभिन्न राज्यमा गरी पछिल्लो २४ घण्टामा ४३ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार न्यु साउथ वेल्समा ८३ हजार ३७६ जनाको स्वाब परीक्षण गर्दा सबैभन्दा बढी २३ हजार १३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहाँ कोरोनाबाट २ जनाको मृत्यु भएको छ ।