जाडोले सप्तरीमा एक जनाको मृत्यु

काठमाडौं । पुस २१, दुई सातादेखिको शीतलहरले जारी नै रहेका बेला सप्तरीमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ ।
महादेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको ज्यान गएको हो । उनको शीतलहरका कारण मृत्यु भएको स्थानीयले जानकारी दिएका छन् ।
ठाकुरको राति सुतेको बेला चिसोले कठ्यांग्रिएर मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष ममता कुमारी यादवले बताइन् । उनले भनिन् , ‘राति खाना खाएर सुतेका ठाकुर बिहान अबेरसम्म ओछयानबाट नउठेपछि परिवारका सदस्यले हेर्न कठ्यांग्रिएर मृत्यु भएको पाइएको रहेछ ।