अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ फर्स्ट लुक पोस्टर सार्वजनिक

सहयात्रा टिभी

काठमाडौं । पुस २१, अस्ट्रेलियामा बनेको चलचित्र ‘पर्पला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।

कोभिड १९ को महामारीबीच नेपाली सिनेमालाई निरन्तरता दिने उद्धेश्यले नेपालीको बाक्लो बसोबास रहेको अष्ट्रेलिया त्यसमा पनि सिड्नीमा नेपाली थ्रिलर हरर सिनेमा ‘पर्पला’ को निर्माण गरिएको छ।

अष्ट्रेलियामा बस्ने नेपालीकै जीवनमा घटेका बिभिन्न घटनाक्रमबाट प्रभावित भएर यस सिनेमाको लेखन तथा निर्माण गरेको लेखक तथा निर्देशक मनोज अधिकारीले जानकारी दिए।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्मको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा रहेको र दोस्रो चरणको छायांकन छिट्टै गरेर सिनेमालाई बजारमा ल्याउने निर्माण पक्षले बताएको छ।

 

प्रकाशित : 5 January, 2022

प्रतिक्रिया दिनुहोस्